Connect IPS
IME Life

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १००%सम्म छुट दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज/जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो । कम्पनीले व्यतित बीमालेखहरु वैशाख ९ गतेदेखि वैशाख २४ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ३५ प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ।

Prabhu
Crest

यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्र लागू हुने कम्पनीले जनाएको छ। कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु नवीकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवानाबापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनील स्पष्ट पारेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS