IME Life New

सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’: पाँच शाखाले पूरा गरे लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले ‘मिसन एक्टिभ क्याम्पियन’ सञ्चालन गरिरहेको छ। यो अभियानअन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा एकैदिन १०० बढी पोलिसी बिक्रीको लक्ष्य राखिएको छ।

पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ। हरेक क्षेत्र सुस्त बनेका छन्। यो आर्थिक परिदृश्यको चपेटमा बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन। यस्तो जटिल परिवेशमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले उल्लेखनीय व्यापार गर्न सफल भइरहेको छ।

Esewa
Crest

यो अभियानअन्तर्गत सिटिजन लाइफका ५ वटा शाखाले लक्ष्य भेट्याएका छन्। लक्ष्य भेट्याउने शाखाहरुमा पोखरा, स्वयम्भु, गाइघाट शाखा र जमल शाखा कार्यालय छन्। यी हरेक शाखाले एकैदिन १०० भन्दा बढी बीमा पोलिसी बिक्री गरेका छन्। आर्थिक मन्दीको अवस्थामा पनि कम्पनीका शाखा कार्यालयहरुले राम्रो व्यापार गरिरहेका छन्।

यो अभियानअन्तर्गत शाखाहरुले आफ्नो टार्गेट पूरा गर्न मिति छनोट गर्छन्। अनि सोही मिति १०० बढी बीमा पोलिसी बिक्री गर्नुपर्ने हुन्छ।

कम्पनीको जमल शाखा कार्यालयले चैत १८ गते एकैदिन १०२ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । उक्त शाखाका प्रमुख प्रकाश श्रेष्ठ रहेका छन् ।

कम्पनीको बाग्लुङ शाखा कार्यालयले चैत २२ गते एकै दिनमा १०३ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । उक्त शाखाका शाखा प्रमुख कमला शर्मा छिन् ।

कम्पनीको गाईघाट शाखा कार्यालयले चैत १४ गते एकैदिन १०५ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गाईघाट शाखा कार्यालयकी प्रमुख मन्जु कुमारी थापा  छिन् ।

कम्पनीको पोखरा शाखा कार्यालयले चैत २२ गते एकैदिन १०१ पोलिसी विक्री गरेको छ । उक्त शाखाकी शाखा प्रमुख सरिता पोखरेल हुन् ।

स्वयम्भु शाखा कार्यालयले चैत २३ गते एकैदिन १४३ वटा बीमा पोलिसी विक्र गरेको छ । उक्त शाखाको शाखा प्रमुख कल्पना भण्डारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS