IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको चैत १९ गते बसेको बैठकले साधारणसभा २०८१ वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

कम्पनीको नियमावलीको नियम (५१) मा भएको संक्रमणकालीन व्यवस्थाको उपनियम (१) मा साबिक राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएपछि ६ महिनाभित्र पहिलो साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ।

Crest

सभामा ३ वटा सामान्य प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदनसहितको साबिक राष्ट्रिय बीमा संस्थाको आर्थिक वर्ष २०६९।७०, ७०।७१ र ७१७२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुसहित अनुसूचीहरु छलफल गरी सभाले पारित गर्नेछ। सञ्चालक समितिका तर्फबाट प्रतिवेदन छलफल गरी सभाले अनुमोदन गर्नेछ।

सोही सभाले आर्थिक वर्ष २०७६।७७, ७७।८८ र ७८।७९ को लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजयसिंह पराजुलीको नियुक्ति र उनीहरुको पारिश्रमिक पनि अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS