IME Life New

नेशनल लाइफद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखा घण्टाघरले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । साथै कम्पनीले विभिन्न समयमा ल्याएका लक्ष्य हासिल गर्न सक्षम अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

काठमाडौं शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमका बीच नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका डिसिओ स्मृतिराज कंडेलद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कम्पनीका बगमति प्रदेश प्रमुख जयराम धितालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्यका क्रममा धितालले लक्ष्य प्राप्तिका लागि कम्पनीले अभिकर्ता हरुलाइ निरन्तर रुपमा प्रोत्साहित गर्दै अघि बढ्ने उद्देश्य रहेको बताएका छन् ।

Esewa
Crest

कार्यक्रमलाई सम्बोधन कम्पनीका डिसिइओ स्मृतिराज कंडेलले कम्पनीको लामो समयदेखिको व्यवसायिक अनुभव ,बलियो आर्थिक सुचांक नेपाली बीमाबजारमा उत्कृष्ट बोनश, अनुभवी एवं मेहनती अभिकर्ताका साथै चुस्त र सक्षम व्यवस्थापनका कारण कम्पनिले निरन्तर प्रगति गरिरहेको बताए ।

त्यस्तै, उनले प्रोभिजनल बोनसको व्यवस्था गर्नुपर्ने बाध्यात्मक अवस्थामा अन्य कम्पनिहरुको बोनशदर घटिरहेको परिप्रेक्ष्यमा समेत नेशनल लाइफले सम्बद्ध सवैको साथ र कडा आर्थिक अनुशासन पालनाले बोनशमा उत्कृष्टता जोगाउन सक्नु ठूलो उपलब्धि रहेको बताएका छन् । आगामी दिनमा यसको शाख जोगाउन सवैले आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने कुरामाा जोड दिएका छन् ।

यसैक्रममा मार्केटिंग प्रमुख विवेक शर्माले प्रेरक मन्तव्यका क्रममा उत्कृष्ट प्रतिफलका लागि ३७ वर्षदेखि निरंतर प्रतिवद्ध रहंदै आएको,उत्कृष्ट बीमा योजना सहित राष्ट्रीय बाणिज्य बैकको प्रवर्द्धनमा निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनि नेशनल लाइफमा क्रियाशील रहेका अभकर्ताहरुले आफ्ना लक्ष हासिल गर्न योजनावद्ध रुपमा लाग्नुपर्ने बताउँदै कम्पनीद्वारा विभिन्न समयमा ल्याईएका मासिक लक्ष्यहरु पुरा गर्दै जाने हो भने अभिकर्ताहरुलाई वर्षको अन्तमा आफ्ना लक्ष्य पुरागर्न कठिनाई नपर्ने भएकोले सवैलाई उत्कृष्टता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गरेका छन् ।

उक्त अवसरमा कम्पनिद्वारा बिभिन्न समयमा मासिक रुपमा दिईएको लक्ष्य मुक्तिनाथ भ्रमण स्किम,कालिञ्चोक भ्रमण स्किम बल्थली भिलेज रिसोर्ट लगायत कलकत्ता शैक्षिक तालिममा सहभागी हुन सफल ‘‘ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रम क्षेत्रीय प्रवन्धक सुमोद थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिसिइओ स्मृतिराज कंडेल मार्केटिंग प्रमुख विवेक शर्मा,सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य,बागमति प्रदेश प्रमुख जयराम धिताल ,तथा वरिष्ठ विकास अधिकृत प्रशान कपालीको समुपस्थितिमा सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा सभापतिको भूमिकामा रहेका क्षेत्रीय प्रवन्धक सुमोद थापाले बीमा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका अभिकर्ताहरुको कार्यक्षमतामा यल्ता पुनर्ताजगी कार्यक्रमले विशेष भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS