काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
यसैबीच काठमाडौं महानगरपालिका वडा नं. ३ स्थार्य बसोबास गने विष्णु बहादुर पौडेलले आफ्नो नातिनी सान्भि पौडेललाई २ वर्ष पुगेको अवसरमा एशियन लाइफ इन्स्योरेन्सको सूनौलो बाल भविष्य योजना १० लाखको १६ वर्षै किस्ता ६६ हजार १७० रुपैयाँ पर्ने बीमा पोलिसी उपहार दिएका हुन् ।
उक्त बीमा पोलिसी एशियन लाइफको चाबहिल शाखाका एजेन्सी म्यानेजर कपिल कुमार पौडेलले हस्तान्तरण गरेका हुन् । उनी २०२४ को एमडिआरटी समेत हुन् ।
भबिष्यका लागि बचत गर्ने बिभिन्न माध्यम भए पनि अनिवार्य रुपमा बचत गर्न सकिने र भबितव्य परिहाले क्षतिपूर्ति पनि पाइने हुनाले जीबन बीमा सबैको लागि आवश्यक रहेको एशियन लाइफ चाबहिल शाखाका ब्रान्च म्यानेजर अशोकराज गिरीले जानकारी दिए ।