IME Life New

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब साढे ४ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको करिब साढे ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। यसमध्ये ४ लाख २६ हजनार ७७० कित्ता शेयरमा भने हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिएको छ। इच्छुक संस्थापक शेयरधनीले तोकिएको म्यादभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि कम्पनीले शेयर बिक्री खुला गर्नेछ।

यसैगरी बाँकी २१ हजार ९६० कित्तामा भने इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। यसअघि यो शेयर बिक्रीका लागि कम्पनीले सम्पूर्ण प्रक्रिया अपनाइसकेको हुँदा अब अन्य व्यक्ति तथा संस्थाले पनि खरिद निवेदन दिन सक्नेछन्।

काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS