Connect IPS
IME Life

रिलायबल नेपाल लाइफद्वारा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश स्तरिय एजेन्सी म्यानेजर सम्मेलनको आयोजना गरेको छ । कैलालीको धनगढी मा २ दिने कार्यक्रमको आयोजना गर्दै एजेन्सी म्यानेजर तथा एमडीआरटी सम्मान तथा एजेन्सी उत्प्रेरणा प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न विधामा उपलब्धि हासिल गर्ने करिब एक सय अभिकर्ताहरूलाई सम्मान गरिएको थियो र उक्त कार्यक्रम मा १८० जना को सहभागी ता थियो। टिममा सबैभन्दा बढी ब्यबसाय गर्न सफल महेन्द्रनगर शाखाका सिनियर एजेन्सी मेनेजर नरेन्द्र महता र ब्याक्तीगत कोडमा सबै भन्दा बढि व्यवसाय गर्ने लम्की शाखाकी एमडीआरटीदुर्गा धामी र अत्तरिया शाखाका एमडीआरटी प्रेमसिंह साउँदलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको थियो ।

Prabhu
Crest

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै रिलायबल लाइफ इन्सोरेन्स नेपालका मार्केटिङ विभाग प्रमुख शैलेन्द्र श्रेष्ठले देशभरिमै सबै भन्दा ठुलो बीमा मृत्यु दाबी रकम रिलायवलले नै प्रदान गरेको बताए । साथै उनले सुदूरपश्चिम अभिकर्ताहरूले कारोबारको दायरा बढाउदैँ लगेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बीमाका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टले सशक्त ढङ्गले बिमा क्षेत्रमा काम गर्न अभिकर्ताहरूलाई सुझाव दिए ।

सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल बिपी रेग्मीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरका कर्मचारी र अभिकर्ताहरूको सहभागिता थियो ।

महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन अत्तरिया शाखा प्रमुख मोहन बहादुर बोहराले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS