IME Life
Beema Board

प्रभु महालक्ष्मी लाइफले हकप्रद ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले गत फागुन २२ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।

कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको हकप्रद ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद आफ्ना शेयरधनीहरुलाई बिक्री खुलाउनेछ।

Prabhu
Crest

कम्पनीले चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद ल्याउन लागेको हो। यो हकप्रद ल्याउने अजेन्डा कम्पनीको गत पुस २९ गतेसम्म छैटौँ वार्षिक साधारणसभाले पारित गरेको थियो।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब २ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS