IME Life New

सूर्यज्योति लाइफद्वारा सिपमुलक सिलाई कटाई तालिमको लागी मेशिन तथा सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवलपरासी, सूर्यज्योति लाइफलले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ । कम्पनीले फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम संचालन गर्ने उद्दश्यले १० थान सिलाई मेशिन तथा सोसंग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त संस्थाले बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्युनिकरण, अनुकुलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी बिभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

Esewa
Crest

फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरु सहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जनप्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थिया ।

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारी गराए । साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीपमा विकास गरी उनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको र यसमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS