काठमाडौं । पछिल्लो समय हरेक कुरामा विश्वव्यापीकरण सँगसँगै विदेशी संस्कार र देखासिकि गर्ने चलन नेपालमा पनि बढ्दो छ । जन्मदिन, अन्नप्राशन, ब्रतबन्ध, विवाह, विवाह बर्षगाँठ तथा अन्य अवसरमा साथिभाइ र इष्टमित्रको लागि मनग्य खर्च गर्न तत्पर नेपाली समाज अहिले केहि परिवर्तित हुन थालेको छ । त्यसैको उदाहरण बनेका छन् चितवनका एक दम्पत्ति ।
कालिका नगरपालिका ७, चितवन निबासि कृष्ण प्रसाद दनैले आफ्नो १७ औं वैवाहिक बर्षगाँठको अबसरमा आफ्नी जीवन संगिनि अम्बिका कडरियालाई १० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।
सिटिजन लाइफको गोरखा शाखाबाट सिटिजन शुभारम्भ योजना खरिद गरेका दम्पत्तिले भोलिको अवकास जिवन सुनिश्चित हुने र आज जोखिम बहन पनि हुने बताउंदै फजुल खर्च कटाएर बचतको सुरुवात गरेको बताए । उक्त बीमालेख कम्पनीका एजेन्सी म्यानेजर बिशाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।