IME Life New

बिनोदका दम्पतीले विवाहमा लिए ४० लाखको बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विवाह तथा शुभ कार्यमा जीवन बीमालेख खरिद गर्ने क्रम बढ्दै गइरहेको पाइएको छ । यसैबीच बर्दघाट नगरपालिका वडा नं ४ नवलपरासी बस्ने बिनोद बस्याल र पैयुँ गाउँपालिका पर्वतकी मिना भुर्तेलले आफ्नो शुभ विवाहमा २०/ २० लाख बीमांकको रिलायबल सुलभ जीवन बीमा खरिद गरेका हुन ।

सोमबार विवाह मण्डपमा वर बिनोद तथा बधु मिनालाई बीमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जवल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्य सहित बीमालेख हस्तान्तरण गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेश उप प्रमुख ईश्वर पाण्डेयले बताए ।

Esewa
Crest

रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा विगत ४ वर्ष देखि सिनियर एजेन्सी म्यानेजर समेत रहेका शालिकराम भण्डारी सबिनले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिदै शुभ कार्यमा अनुत्पादक क्षेत्रमा खर्च कटौति गर्दै जीवन बीमा गर्नेको संख्या बढ्दै गइरहेको बताए ।

बिहेको दिन बीमालेख हस्तान्तरण कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लुम्बिनी प्रदेश उपप्रमुख ईश्वर पाण्डेय, सिनियर एजेन्सी म्यानेजर शालिकराम भण्डारी सबिन, मार्केटिङ अफिसर गणेश प्रसाद पाण्डेय समेत उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त, इष्टमित्र तथा छिमेकीहरुले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS