काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
यसैक्रममा फागुन १२ गतेका दिन सुजता गुरुङको जन्मदिनको अबसरमा आफ्नो बुबा आमा दिल माया गुरुङ र टंक बहदुर गुरुङले आफ्नो छोरीको जन्मदिनमा ७ लाखको बीमा पोलिसी उपहार दिएका छन् ।
आईएमई लाइफको सरल सवधिक पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी आईएमई लाइफका बिराटचोक साखा प्रमुख याम नाथ दाहाल र अभिकर्ता दिलमाया गुरुङ, एजेन्सी मेनेजर कमल बहादुर गुरुङ को उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन् ।