IME Life New

सूर्यज्योति लाइफ (साविक ज्योति लाइफ)ले मुनाफालाई जगेडा कोषमा राख्ने, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी ( साविक ज्योती लाइफ)ले आर्थिक वर्ष २०७९/८० मर्जर हुनु अगाडिको ५ महिना ६ दिनको मुनाफालाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १० गते (बिहीबार) बसेको बैठक उक्त आर्थिक वर्षका लागि लाभांश नबाँड्ने निर्णय गरेको हो।

साविकको ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्समा गाभिएको र साविकको सूर्या लाइफको नाम परिवर्तन भई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट २०७९ पुस ७ गतेबाट एकीकृत कारोबार सञ्चालनमा आएको थियो। यस सन्दर्भमा साविक ज्योति लाइफको आर्थिक वर्ष २०७९/८० को मिति २०७९ साउन १ देखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय बैठकले गरेको छ।

Esewa
Crest

यसैगरी साविक ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS