IME Life New

प्युठानकी गंगाको बीमा अभिकर्ता बनेपछि फेरियो जीवनशैली, आफ्नै कमाइबाट जोडिन् कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  गंगा गिरी पेसाले बीमा अभिकर्ता हुन् । २०४६ सालमा प्युठान जिल्लाको प्युठान नगरपालिका–२ क्वाडीमा जन्मिएकी गंगा हाल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिजुवार शाखामा एजेन्सी म्यानेजर छिन् । हाल गंगा प्युठान नगरपालिका–२ जुम्रीमा बसोबास गर्दै आएकी छिन् । आफ्नो जन्मस्थानबाट कक्षा ९ मा अध्ययन गर्दैगर्दा गंगा २०६१ सालमा विवाह बन्धनमा बाँधिन पुगिन् । सानै उमेरमा विवाह गंगाका लागि सहज त पक्कै थिएन । विवाहपछि पढाइलाई निरन्तरता दिँदै आफ्नो घरपरिवार सबैको जिम्मेवारी बहन गर्नु गंगाका लागि असहज नै थियो । तर, कलिलो उमेरमा नै गंगाले सबै जिम्मेवारी बहन गर्दै आइन् । पढाइमा निकै रुचि राख्ने गंगाले विवाहपछि पनि आफ्नो पढाइलाई निरन्तर गर्दै प्लस टुपछि विभिन्न प्रोजेक्टमा काम गरिन् । काम गर्दैगर्दा बच्चा जन्मियो तर उनले आफ्नो पढाइ र कामलाई भने निरन्तरता नै दिइराखिन् । समय बित्दै जाँदा गंगाको फेरि दोस्रो सन्तान जन्मियो र उनलाई काम गर्न असहज भएपछि जागिर छोडिन् । प्रोजेक्टको जागिर छोडेपछि गंगा गृहिणीको भूमिकामा व्यस्त थिइन् ।
फूपुको सल्लाहमा बीमा अभिकर्ता बनेँ
प्रोजेक्टको जागिर छोडेर गंगा गृहिणी जीवन व्यतित गर्दै आइरहेकी थिइन् । त्यसै क्रममा गंगाको फूपु पर्ने एकजना महिला एशियन लाइफ इन्सयोरेन्स कम्पनीमा अभिकर्ता थिइन् । उनले गंगालाई ‘अभिकर्ताको जागिर राम्रो हुन्छ एजेन्ट बन्नुपर्छ’ भनेर सुझाएपछि गंगाले ‘राम्रो हुने भए ठिकै छ, गर्छु’ भनेर आँट गरिन् । फूपुको सल्लाहमा गंगाले २०६७ सालमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट अभिकर्ताको लाइसेन्स लिइन् । लाइसेन्स लिएपछि उनले पहिलो बीमा आफ्नो नै गराइन् । तर, गंगामा भने बीमाको ज्ञान कमी नै थियो । बीमाबारे राम्रोसँग बुझ्न पाएकी थिइनन् । एशियन लाइफबाट उनले भनेजस्तो व्यवसाय गर्न सकिरहेकी थिइनन् । जसको कारण थियो, बीमा ज्ञानको कमी ।

यसरी जोड्नि पुगिन् सिटिजन लाइफमा
एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको भूमिकामा रहँदा गंगालाई बीमा चेतनाको कमी नै थियो । ‘राम्रोसँग बीमा बुझ्नका लागि तालिम लिन पाएकी थिइनँ’, उनले भनिन्, ‘एशियन लाइफमा काम गर्दा तालिमको अभावका कारण मैले बीमा राम्रोसँग बुझेकी थिइनँ । बीमा कसरी गराउने ? के भन्ने हो ? कस्ता पोलिसी छन् ? लगायतका विविध कुरामा जानकारी थिएन । जसले गर्दा म सक्रिय रुपमा अगाडि बढ्न पाएकी थिइनँ ।’
समयको अन्तरालसँगै २०७८ सालमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिजुवार शाखामा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत विनीता देवकोटा र ईश्वरसिंह बिष्टसँग गंगाको भेट भयो । उनीहरुले गंगालाई एजेन्ट बन्नुपर्छ भन्ने सल्लाह दिए । त्यसपछि गंगाले उनीहरुको कुरा सहर्ष स्वीकार गरी एशियन लाइफ छोडेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट लाइसेन्स लिइन् र काम गर्न थालिन् । बीमाप्रति सकारात्मक सोच, ज्ञानमूलक तालिम तथा कामप्रतिको लगाव र प्रेरणाले गंगा आज यस स्थानमा आइपुग्न सफल भएकी छिन् । उनी भन्छिन्, ‘सिटिजन लाइफमा प्रवेश गरेपछि मैले भनेजस्तो तालिम लिन पाएँ । ब्रान्च म्यानेजर दिनेश कार्कीदेखि एरिया ब्रान्च म्यानेजर लक्ष्मण मरासिनीको हौसला र प्रेरणाले बीमा बुझ्दै र बुझाउँदै आएँ । अहिले अभिकर्ता पेसा सबैभन्दा उत्कृष्ट लाग्छ ।’
साना बालबच्चा र घरव्यवाहरको जिम्मेवारी लिँदालिँदै गंगाले गरेको कामप्रति सिटिजन लाइफ बिजुवार शाखाका शाखा प्रबन्धक, सिनियर कर्मचारी तथा अभिकर्ताहरुले उनलाई हौसला दिइरहन्थे । गंगालाई उनीहरुको प्रेरणाले थप ऊर्जा दिन्थ्यो । साथसाथै, उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट कार पनि निकाल्न सफल भइन् । ‘अभिकर्ता पेसामा संघर्ष नभएको होइन तर संघर्षका साथमा आम्दानी पनि हुने भएकाले धेरै राम्रो छ’, उनले भनिन्, ‘यो पेसामा अन्य पेसामा जस्तो समयसीमा नहुने हुनाले आफ्नो फुर्सदमा गर्न मिल्ने भएकाले पनि धेरै राम्रो छ ।’

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेपछि आफ्नो जीवन नै फेरिएको गंगाले बताइन् । आफ्नो दैनिकीभन्दा धेरै फरक यस पेसामा लागेपछि आमूल परिवर्तन भएको गंगाको भनाइ छ । गंगाले भनिन्, ‘जब म सिटिजन लाइफमा लागेँ, त्यसपछि मेरो जीवनले नयाँ मोड लियो । यो कम्पनीबाट मैले सामाजिक तथा आर्थिक पाटो बलियो बनाउने आधार भेटेँ । जुन पेसाबाट म धेरै सन्तुष्ट छु ।’

बीमा प्रस्ताव लिएर जाँदा आफू सक्षम भएर जानुपर्छ
गंगाको बुझाईमा बीमा गराउनका लागि ग्राहक समक्ष पुग्दा आफू सक्षम र बीमाबारे पूर्ण बुझाईका साथ जानुपर्छ । ‘बीमा गरेपछि भने जस्तो सेवा सुविधा पाइँदैन भन्ने प्रतिकृया ग्राहकबाट धेरै आउने गर्छन् तर आफूले बीमा भरपूर बुझेर बुझाएमा उनीहरुले नबुझ्ने भन्ने हुँदैन’,अभिकर्ता पेशामा सफलताका लागि सुझाव दिँदै उनले भनिन्, ‘त्यसैले बीमा प्रस्ताव लिएर जाँदा आफू त्यो बारेमा पोख्त भएर जानुपर्छ।’

आफ्ना कम्पनीका साथै अन्य कम्पनीका बारेमा समेत जानकारी भएमा ग्राहकलाई बुझाउन झनै सहज हुने गंगाको अनुभव छ । ‘काम गर्ने आँट, हिम्मत र साहस भएमा यो पेशा सबैका लागि राम्रो छ । अभिकर्ता पेशा गर्न गाह्रो छ, तर बीमा बुझाउन सक्यो भने यो जति सरल र सहज पेशा केही हुने छैन’, आफ्नो विगत सम्झिँदै गंगाले भनिन्, ‘मैले पनि सुरु–सुरुमा बीमा नबुझ्दा यो जस्तो गाह्रो पेशा केही छैन भन्थेँ ।’

उनी भन्छिन्,‘अभिकर्ता पेशामा अनिश्चित कमाई छ । कमाइमा सीमा छैन । आफूले जति गर्नसक्यो, त्यति नै कमाउन सक्ने पेशा बीमा अभिकर्ता हो ।’ अभिकर्ता सामाजिक पेशा पनि रहेको गंगाको भनाइ छ । ‘मैले कुनै बीमितको बीमा गराएँ, बीमा समयभित्र उसको केही घट्ना भयो भने बीमाले भनेजस्तो शर्त अनुसारको रकम भुक्तानी गर्छ र त्यो परिवारलाई राहत मिल्छ’, उनले भनिन्, ‘उनीहरुका लागि यो मैले गरेको सेवा हो ।’
‘मैले कहिले पनि अहिलेको जस्तो जीवनशैली कल्पना गरेको समेत थिइन् , विगत र वर्तमानको तुलना गर्दा दङ्ग पर्दै उनले भनिन्, ‘तर, आज मलाई यो स्थानसम्म बीमाले नै डोर्याएको छ । यो पेशाप्रति मेरो जहिले पनि सम्मान् रहन्छ ।’

अभिकर्ता पेशाप्रति सन्तुष्ट रहेकी गंगाले अभिकर्ता पेशामा भविष्य रहेको दाबी पनि गरिन् । गंगा एक मेहनती अभिकर्ताको सूचीमा पर्छिन् । उनले विभिन्न अवार्डका साथै विदेश भ्रमण गर्ने मौकासमेत प्राप्त गरेकी छिन्। सिटिजन लाइफमा प्रवेश गरेको पहिलो वर्षमै गंगा एमडीआरटी बन्न सफल भइन्। सिटिजन लाइफको कर्पोरेट क्लब अन्तर्गत डायमन्ड क्लबमा पनि उनी छनौट भइन्। जहाँ उनले आफ्नो बुवा नरहरि योगीलाई पनि सिटिजन लिर्डस कार्यक्रममा सहभागी गराउने मौका पाइन्। यो नै उनका लागि सबैभन्दा खुसीको क्षण हो।

यो पेशामा लाग्दा गंगाले सम्पूर्ण घरपरिवारबाट पनि विशेष साथ–सहयोग पाएकी छिन्। उनले पेशाप्रतिको लगाव र मिहिनेतको बलमा सिटिजन लाइफबाट पाएको सबै लक्ष्यहरु पुरा गर्दै आएकी छिन् । ‘हाम्रो कम्पनी र मेरो मूल नारा ‘समृद्धि तपाइँको, साथ हाम्रो’ हो’, उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS