IME Life New

ट्रस्ट माइक्रो इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो जेठ १ गते साधारणसभा डाकेको हो। सभा रुपन्देहीको बुटवल–११ स्थित महाराजा रिसोर्टमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणका लागि छुट्याइएको आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले आइपीओ जारी गर्नका लागि नियमनकारी निकायहरुबाट कुनै किसिमको संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले प्रबन्धपत्रमा संशोधन, सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च र सञ्चालकहरुको सेवा–सुविधासम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सोही सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS