IME Life New

तीन महिनामै प्राकृतिक विपत्तिबाट ५३ अर्ब डलरको आर्थिक क्षति, ३६% बीमाबाट बाहिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ को प्रथम त्रैमास अप्रिलसम्म प्राकृतिक विपत्तिबाट विश्वमा बीमा कम्पनीहरुले ५३ अर्ब डलर बढीको आर्थिक क्षति व्यहोर्नुपर्ने अनुमान गरिएको छ।वैश्विक पुनर्बीमा समूह, एअनको प्रथम त्रैमासिक वैश्विक महाविपत्ति समिक्षामा यस्तो अनुमान गरिएको हो।

यो आर्थिक क्षति एक्काइसौँ शताब्दीको प्रथम त्रैमासको औसत १७ अर्ब डलरको आर्थिक क्षतिभन्दा बढी र सन् २०११ को प्रथम त्रैमासमा भएको क्षतिभन्दा दोस्रो ठूलो रहेको एअनले जनाएको छ। यस वर्ष सबैभन्दा ठूलो आर्थिक नोक्सानी बीमा कम्पनीहरुले अमेरिकाको क्यालिफोर्नियामा भएको डढेलोका कारण व्यहोर्नुपरेको छ। यो डढेलोले बीमा कम्पनीहरुलाई ३९ अर्ब डलर आर्थिक क्षति व्यहोर्नु परेको छ। जुन यस वर्षको प्राकृतिक विपत्तिहरुबाट भएको क्षतिको ७१ प्रतिशत हो।

Esewa
Crest

त्यसैगरी अमेरिकामा आँधी र म्यानमार तथा चीनमा गएको विनाशकारी भूकम्पका कारण पनि बीमा कम्पनीहरुले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।

सन् २०२५ प्रथम त्रैमासमा प्राकृतिक विपत्ति भएको आर्थिक क्षतिमध्ये ३६ प्रतिशत बीमाको रक्षावरणबाट बाहिर रहेको एअनले जनाएको छ। तर, यो सन् १९९० प्रथम त्रैमासको तुलनामा कम रहेको छ।

सन् २०२४ मा प्राकृतिक विपत्तिबाट विश्वभर ३७४ अर्ब डलरको आर्थिक क्षति भएको थियो। पछिल्लो ९ वर्षमा लगातार प्राकृतिक विपत्तिबाट विश्वभर ३०० अर्ब डलरभन्दा माथिको आर्थिक क्षति हुँदै आएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS