IME Life New

प्रणय दिवसको अवसरमा श्रीमतीलाई बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रणय दिवस भन्ने बित्तिकै कतै नयाँ नयाँ ठाउँ घुम्ने गिफ्टको रुपमा बिभिन्न महंगो र अनावश्यक उपहार दिन तम्सिने हाम्रो समाज आजभोलि केही सभ्य र भविष्य प्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोज भतेर र फजुल खर्च गर्न छाडेर भविष्यका लागि बीमा पोलिसी उपहार दिने अभ्यास बढ्दै गइरहेको छ ।

यसैका एक उदाहरण बनेका छन् स्याङ्जा जिल्ला गल्याङका एक दम्पती । जसले आफ्नो भविष्य सुरक्षणका लागी जिवन बीमा योजना लिइ भविष्य सुरक्षित गरेको छन ।

Esewa
Crest

गल्याङ नगरपालिका ०७ स्याङ्जा निवासी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर रामु शर्मा सापकोटाले आफ्नी श्रीमती अप्सरा न्यौपानेलाई प्रणय दिवसको अवसर पारेर १० लाखको रिलायबल सुलव जीवन बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।
सापकोटाले बिगत पाँच बर्ष देखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर एजेन्सी म्यानेजरका रुपमा काम गर्दै आएका छ्न ।

सापकोटाले सन्ततिको उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको जोखिम बहनसहित बचत अनि सुरक्षाको निम्ति बीमा पोलिसी उपहार दिएको बताएका छन् । साथै आम जन समुदायमा समेत फजुल खर्च घटाइ ठोस बचत सिर्जना गर्दै भबिस्य प्रती सचेत हुन समेत सबैमा अनुरोध गरेका छन ।

साथै रुपा गाउँपालिका ०१ कास्की निवासी तिर्थराज अधिकारीले समेत प्रणय दिवसको अवसर पारेर आफ्नी श्रीमती सीता न्यौपानेलाई छोरी दिवान्शी अधिकारीको ५ लाख बीमांकको रिलायवल सुलव बाल जीवन प्लस बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।

अधिकारीले उक्त पोलिसी रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका वालिङ शाखा प्रमुख नुन बहादुर गुरुङ र सिनियर एजेन्सी म्यानेजर रामु शर्मा सापकोटा मार्फत बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS