IME Life New

रिलायबल नेपाल लाइफको एजिएम भोलि, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा भोलि माघ २९ गते, सोमबार गर्ने भएको छ । उक्त सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ श्रावण १ गतेबाट २०८० आषाढ मसान्त सम्मको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले यस कम्पनीको सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिबाट सिफारीस गरीएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री केएएस एशोसिएट्स पुनः नियुक्तिको लागि योग्य नहुने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ४ अर्बको ०.८४ प्रतिशतले हुने रकम कर प्रयोजनका लागि नगद लाभांश र ४ अर्बको १६ प्रतिशतले हुने बोनश शेयर जारी गर्ने प्रस्ताव पारीत गर्नेछ ।

सभाले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ को दफा १४ (५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको भत्ता अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु ४ अर्ब ६४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ (ख) मा भएको तत्कालिन चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारीत गर्ने, संशोधित प्रबन्धपत्र अभिलेख गर्ने क्रममाः नियमनकारी निकायहरुबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १५ गते एक दिन बुकक्लोज गरिसकेको छ । यस अनुसार आज माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS