IME Life New

लाभांश र हकप्रदको प्रस्ताव सहित एशियन लाइफले डाक्यो साधारण सभा, यस्ता छन् अन्य १० एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं वार्षिक साधारण सभा फागुन १८ गते गर्ने भएको छ । उक्त सभा होटल क्लासिक सिमरामा विहान ११ः३० बजे गर्ने भएको हो । कम्पनीको माघ २४ गते बसेको संचालक समितको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत (१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भाले उक्त प्रस्ता अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० एनएफआरएस बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल तथा पारित गर्ने छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पद १ जनालाई नियुक्त गर्ने निर्णय गरिएकोमा सो को अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रु ५ अर्ब चुक्ता पूँजी पुर्याउन ७.७५५ बोनश शेयर वितरण पश्चात हुने चुक्ता पूँजी रु ३,३९,९८, ३६, ३०७ को ४२ प्रतिशत अर्थात १ः०.४२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले उल्लेखित बोनश शेयर वितरण र हकप्रद शेयर निष्काशन पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने छ । साथै, शेयर संरचनामा परिवर्तन पश्चात् संचालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि संचालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको संचालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

५। भाले स विशेष प्रस्ताव अन्तर्गत नं १, २, ३ र ४ प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन ८ गते एक दिन बुक क्लोज गर्नेछ । त्यसकारण फागुन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

80%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS