IME Life New

प्राधिकरणबाट स्वीकृति भयो राष्ट्रिय जीवन बीमाको बीमाङ्कीय प्रतिवेदन, ६५ रुपैयाँ बोनसदर दिने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएको छ । बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन  प्राधिकरणबाट स्वीकृतिभएसँगै कम्पनीले आफ्ना बीमितहरुलाई दिने बोनसदर समेत घोषणा गरेको छ । कम्पनीले २०७० सालसम्म कायम रहेको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीको (साविक राष्ट्रिय बीमा संस्थान)को आर्थिक वर्ष २०६७/ ६८ देखि आर्थिक वर्ष २०६९/ ७० सम्म कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट स्वीकृत भएको हो ।

Esewa
Crest

उक्त प्रतिवेदन प्राधिकरणको माघ १७ गतेको पत्रबाट स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरी(बोनस दिने गरी) जारी गरेको सबै बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कमा ६५ रुपैयाँ बोनसदर कायम गरेको छ । साथै बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS