IME Life New

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम, उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ताबीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यो कार्यक्रम आयोजना गरेको जानकारी दिए। उनले यस किसिमका अन्तर्क्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे।

Esewa
Crest

प्रभु महालक्ष्मी लाइफका नायब महाप्रबन्धक सोनबहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रीकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवं प्रेरणदायी प्रस्तुतीकरण दिएका थिए। एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम सञ्चालन गरेको थिए।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित हभएका एमडीआरटी २०२४ मा छनोट भएका अभिकर्ताहरुलाई केक काटी विशेष सम्मान गरिएको थियो । अभिकर्ता स्किमअन्तर्गत लक्की ड्रमार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS