IME Life
GBIME

नेशनल लाइफ गाईघाट शाखाद्धारा अभिकर्ता क्षमता अभिबृद्धि तालिम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गाईघाट शाखाले आफ्ना अभिकर्ताहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले पछिल्लो समय सार्वजनिक गरेका बीमा नीति र अभिकर्तालाई क्षमता अभिबृद्धिका लागि एक दिने तालिम प्रदान गरिएको हो ।

स्थानीय रत्ना रिसोर्टको सभाहलमा आयोजित कार्यक्रममा बीमा योजनाहरु, जोखिमाङ्करण, बीमा दाबी र वार्षिक प्याकेजबारे जानकारी गराइएको थियो । सो क्रममा कम्पनीले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको उत्कृष्ट बीमा योजनाहरुबारे गाईघाट शाखाा प्रमुख प्रेमकुमार राईले सहजीकरण गरेका थिए ।

Crest

त्यस्तै कम्पनिका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईले आर्थिक वर्ष २०८०/०८१ का लागि अभिकर्ताहरुले प्राप्त गर्ने वार्षिक प्याकेजबारे छलफल गरेका थिए । प्रदेश प्रमुख राईले बीमाका लागि अभिकर्ताहरु समुदायमा जाँदा प्रस्तुत गर्नुपर्ने व्यवहारिक ज्ञान र पूर्वतयारीबारे सुझाव दिएका थिए ।

उनले कम्पनिको शाखा कार्यालय र अभिकर्ताहरुले सर्वसाधरणलाई बीमा गराउदा हुनसक्ने त्रुटिले जोखिम बहनमा समस्या देखिने गरेको भन्दै कागजी प्रक्रियामा ध्यान दिन समेत आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा गाईघाट शाखाका ट्रेनि सहायक सुवास रानाले वीमा दाबीसम्बन्धी प्रस्तुतीकरण राखेका थिए । बीमाको क्रममा हुने जोखिमाङ्कनबारे गाईघाट शाखा ट्रेनिसहायक अप्सरा खत्रीले स्लाईडमार्फत सहजीकरण गरेकी थिइन् । सो क्रममा अभिकर्ताले वीमा पोलिसी कागजात फारम भर्दा ध्यान दिनुपर्ने पक्षहरुबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा गाईघाट शाखामार्फत आकर्षक व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान पनि गरिएको छ । होमबहादुर लुंगेली, अनिरुध चौधरी, गणेश कार्की र बिन्दाकुमारी मस्राङगी मगर लगायत सम्मानित भएका हुन् ।

कार्यक्रममा इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठको पनि सहभागिता रहेको थियो । जम्मा ७१ जना सहभागी रहेको कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो । जीवन सुरक्षा र बचत समेत हुने भएकाले पछिल्लो समय बीमा गरेर बचत गर्नेतर्फ सर्वसाधरणले चाँसो देखाउन थालेको शाखा प्रमुख राईको भनाई छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS