IME Life New

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३०% सम्म छुट दिँदै नेपाल लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने व्यवस्था गरिएको जानकारी गराएको हो। कम्पनीबाट बीमालेखहरुको नवीकरण भुक्तानी गर्नुपर्ने मितिबाट १८० दिनभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरणका लागि तोकिएको प्रक्रिया पूरा गरी नवीकरण गर्दा विलम्ब शुल्क छुट दिइने कम्पनीले जनाएको छ।

Esewa
Crest

कम्पनीका अनुसार १८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशत छुट दिइनेछ।

यसैगरी ३ वर्ष भन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा २० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।

यो छुट सुविधा आज माघ २१ गतेदेखि फागुन ६ गतेसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ। यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

यस्तै एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरुलाई पूरा बीमा अवधिभरि पुनः छुट नहुने र बीमालेख १८० दिनभन्दा बढी समय व्यतित भएको हुनुपर्ने कम्पनीले स्पष्ट पारेको छ।

विलम्ब शुल्कमा छुट सुविधा प्राप्त गर्नका लागि बीमालेख पुनर्जागरण मितिबाट बीमा अवधि समाप्त हुन २ वर्षभन्दा बढी अवधि बाँकी भएको हुनुपर्ने सर्त कम्पनीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS