IME Life New

धेरै व्यक्तिले करकापमा बीमा गर्छन् र पछि अलपत्र पर्छन्ः केपी ओली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा (एमाले) केपी शर्मा ओलीले धेरै व्यक्तिले करकापमा बीमा गर्ने गरेको र पछि अलपत्र पर्ने गरेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

‘धेरै व्यक्तिले करकापमा बीमा गर्छन् अनि २–३ किस्ता बुझाउँछन् र पछि अलपत्र पर्छन्’, उनले भने, ‘अनि उनीहरुले तिरेको पैसा सोझै बीमा कम्पनीको नाफामा जान्छन्।’

Esewa
Crest

बीमा कम्पनीहरुले त्यस्ता व्यक्तिलाई ओभरहेड कस्ट वा लागत खर्च कटाएर रकम फिर्ता गर्नुपर्ने ओलीको धारणा रहेको छ। ‘बीमा गर्ने व्यक्तिले प्रिमियम बुझाउन नसकेको अवस्थामा उसको पैसा ल्याप्स हुनुपर्ने ?’, प्रश्न गर्दै ओलीले भने, ‘त्यो ल्याप्स गर्न मिलेन होला नि ! सबै पैसा ल्याप्स गर्दिने ? अहिलेसम्म मैले पैसा फिर्ता भएको थाहा छैन। कि छ पनि पैसा फिर्ता गरेको मैले बुझेरअनुसार ।’

अध्यक्ष ओलीले २–४ किस्ता बुझाएर प्रिमियम बुझाउन नसकेकाहरुको लागत खर्च कटाएर पैसा फिर्ता गर्नुपर्ने बताए। ‘नत्र भने सर्वसाधारण त सधैँ ठगिएको ठगियै हुन्छन्’, उनले भने।

कसैले आफू बीमा काम गर्ने लैन यति बीमा गरिदिनु पर्यो भनेर भन्ने गरेको आफूले सुनेको ओलीले बताए। ‘तपाइँले गरेपछि भाउजुले पनि गरिदिनुपर्यो भन्छ उसले’, उनले भने, ‘मेरा लागि यति त बीमा गरिदिनुहोस् भन्छ, अनि २–३ किस्ता बुझाएपछि उसले प्रिमियम बुझाउन सक्दैन वा बिर्सिन्छ अनि बुझाउन पनि सक्दैन। २ किस्तासम्म बीमा कम्पनीले सम्झाउँछ, त्यसपछि सम्झाउन पनि छाड्छ, बीमा गर्नेले पनि बिर्सिन्छन्। अनि २–४ वर्षपछि अब सकियो भन्ने हुन्छ, पैसा पनि फिर्ता हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS