IME Life New

छोराको विवाहमा मोक्तान दम्पत्तीले दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विवाह तथा शुभ कार्यमा दाइजो तथा उपहारका रुपमा विभिन्न जिन्सी तथा नगद सामान उपलब्ध गराउने प्रचलन रहँदै गर्दा दोलखाको बैतेश्वोर गाउँपालिका २ गैरीमुदीका धर्मेन्द्र मोक्तान र उनकी श्रीमती शान्ति कुमारी तामाङले आफ्नो छोराको विवाहमा १५/ १५ लाख रुपैयाँ बिमाङ्क रकमको सुर्यज्योति साबधिक बीमा योजना उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

बिहीबार विवाह भोजमा छोरा अपिल र बुहारी मेनुकालाई बीमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्य सहित बीमा पोलिसी हस्तान्तरण गरिएको धर्मेन्द्र मोक्तानले बताए ।

Esewa
Crest

सुर्यज्योति लाइफ इन्स्योरेन्समा विगत ६ वर्षदेखि एजेन्सी म्यानेजर समेत रहेका तामाङले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै आफूहरूले अन्य जिन्सी सामानलाई कम गर्दै बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरिएको बताए ।

कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी चरिकोट शाखाका प्रबन्धक चुडा बहादुर श्रेष्ठ, चरिकोट शाखाकी सेल्स एक्जुकेटीभ यमुना मोक्तान, एजेन्सी म्यानेजर, एजेन्सीको समेत उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त,नातागोताले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

88%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS