IME Life New

ग्रामीण र दूर्गम भेगमा बीमालेख बिक्री गर्न अपनाइएको भारतीय मोडलमा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमालेख वितरणका लागि प्रचलनमा ल्याइएको बिक्री केन्द्र व्यक्ति बीमाको प्रसारमा प्रभावकारी देखिएको छ। गाउँ घर र दुर्गम भेगमा समेत सर्वसाधारणलाई सहजै र तत्कालै बीमालेख खरिद गर्न सक्ने सुविधा उपलब्ध गराउने उद्देश्यले बीमा नियामकले सन् २०१५ मा यस्तो वितरण प्रणाली लागू गरेको थियो ।

परम्परागत वितरण च्यानलका रुपमा कार्यरत बीमा अभिकर्ताहरुभन्दा बिक्री केन्द्र व्यक्तिको उद्देश्य र कार्यशैलीमा केही भिन्नता छ। भारतीय बीमा नियमावली अनुसार बीमा अभिकर्ता सम्बन्धी तालिम सञ्चालन र अभिकर्ता इजाजत पत्र वितरणको काम भारतीय बीमा नियामकले नै गर्छ। अर्कोतर्फ बिक्री केन्द्र व्यक्तिका लागि बीमा कम्पनी वा बीमा दलाललाई नै तालिम सञ्चालन गर्ने परिक्षा लिने र इजाजत पत्र वितरण गर्ने अधिकार दिइएको छ ।

Esewa
Crest

बिक्री केन्द्र व्यक्तिको इजाजतका लागि १५ घण्टे प्रशिक्षण अवधि तोकिएको छ। १८ वर्ष उमेर पुरा भएको र कम्तीमा दश कक्षासम्मको औपचारिक शिक्षा पुरा भएको जोकोहीले पनि तालिम र परिक्षामा सहभागि भएर बिक्री केन्द्र व्यक्तिका रुपमा इजाजत पत्र हासिल गर्न सक्छ। भारतमा जीवन र निर्जीवन दुबै खाले बीमालेख बिक्री गर्नका लागि यस्तो मध्यस्थकर्ताको नियुक्ति गरिएको छ। जीवन बीमालेख बिक्री गर्नेले जीवन बीमा सम्बन्धी र निर्जीवन बीमालेख बिक्री गर्नेले निर्जीवन बीमा सम्बन्धी तालिम लिएको हुनुपर्छ। यस्ता मध्यस्थकर्ताका लागि निक्कै सरल पाठ्यक्रममा आधारित रहेर सरल भाषामा बीमाबारे आधारभूत विषयहरुमा प्रशिक्षण दिइएको हुन्छ।

सामान्यतया एकदमै साधारण, आम नागरिकले पनि सहजै बुझ्न सक्ने भाषामा लेखिएको र सिधा शर्त र बीमा सुरक्षण भएका बीमालेखहरु मात्र बिक्री केन्द्र व्यक्तिले बिक्री गर्छन् । यस्ता मध्यस्थकर्ताले बिक्री गर्ने बीमालेखका शर्त र सुविधाको साथै बीमा अवधि, बीमाङ्क रकम र बीमाशुल्क रकम पूर्व निर्धारित हुन्छ। भारतीय बीमा नियामकले बीमाको लाभ सीमान्तकृत वर्गसम्म पुर्याउने उद्देश्यले लघु बीमालेख बिक्री गर्ने प्रयोजनका लागि बिक्री केन्द्र व्यक्ति सम्बन्धी अवधारणा लागू गरेको हो ।

यस्ता मध्यस्थकर्ताले निश्चित बीमाङ्क सीमासम्मको मोटर वाहन बीमा, दुई पाङ्ग्रे सवारी साधन बीमा, स्वास्थ्य बीमा,दुर्घटना बीमा, साधारण शर्त भएका जीवन बीमा योजनाको जिम्मेवारी पाएका हुन्छन् । एकजना मध्यस्थकर्ताले एउटा मात्र बीमकको लागि मध्यस्थकर्ताका रुपमा काम गर्न पाउँछ ।

भारतीय बीमा नियमन तथा विकास प्राधिकरणका अनुसार प्रत्येक गाउँमा स्थानीय स साना व्यापारी, गृहणी र बेरोजगारलाई बिक्री केन्द्र व्यक्तिका रूपमा नियुक्त गरेर बीमालेख बिक्रीको जिम्मा दिइएको छ। उनीहरुले बीमालेख बिक्री केन्द्र सञ्चालन गरेर गाउँलेलाई बीमालेख बिक्री गरिरहेका छन् ।

द फाइनान्सियल एक्सप्रेस अनलाइनका अनुसार सन् २०१५ मा यो वितरण प्रणालि शुरु भएयता वितरकको संख्या १४ लाख भन्दा बढी पुगेको छ। यो संख्या सन् २०२२ को निर्जीवन र स्वास्थ्य बीमा अभिकर्ता संख्याको तुलनामा १५ प्रतिशत मात्र थोरै हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS