IME Life New

वैदेशिक रोजगार बीमालेख बिक्रीबाट जीवन बीमकले गरे करिब डेढ अर्बको व्यापार, सन नेपाल लाइफ शीर्ष स्थानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुससम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमालेखबाट करिब डेढ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा बीमा कम्पनीहरुले यो ६ महिनामा १९ लाख १४ हजार ९५० कुल सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखबाट १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्। वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी सन नेपाल लाइफले बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ३६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी दोस्रो स्थानमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले ३२ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

वैदेशिक रोजगार बीमालेख उच्च बीमाशुल्क आर्जन गर्नेमा आइएमई लाइफ रहेको छ। यो कम्पनीले १६ करोड ४१ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।

यस्तै एसियन लाइफले १६ करोड ४१ लाख रुपैयाँ, नेसनल लाइफले १२ करोड ५७ लाख रुपैयाँ र सूर्यज्योति लाइफले १० करोड ४ लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखबापत बीमाशुल्क आर्जन गरेका छन्।

यो अवधिसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर सानिमा रिलायन्स लाइफले ९ करोड ७१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ८३ लाख रुपैयाँ, सिटिजन लाइफले ६ करोड ९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS