Connect IPS
IME Life

वैदेशिक रोजगार बीमालेख बिक्रीबाट जीवन बीमकले गरे करिब डेढ अर्बको व्यापार, सन नेपाल लाइफ शीर्ष स्थानमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुससम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमालेखबाट करिब डेढ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा बीमा कम्पनीहरुले यो ६ महिनामा १९ लाख १४ हजार ९५० कुल सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखबाट १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्। वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी सन नेपाल लाइफले बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ३६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

Prabhu
Crest

यसैगरी दोस्रो स्थानमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले ३२ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

वैदेशिक रोजगार बीमालेख उच्च बीमाशुल्क आर्जन गर्नेमा आइएमई लाइफ रहेको छ। यो कम्पनीले १६ करोड ४१ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।

यस्तै एसियन लाइफले १६ करोड ४१ लाख रुपैयाँ, नेसनल लाइफले १२ करोड ५७ लाख रुपैयाँ र सूर्यज्योति लाइफले १० करोड ४ लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखबापत बीमाशुल्क आर्जन गरेका छन्।

यो अवधिसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर सानिमा रिलायन्स लाइफले ९ करोड ७१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ८३ लाख रुपैयाँ, सिटिजन लाइफले ६ करोड ९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS