काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका दुई जना सञ्चालकले राजिनामा दिएका छन् । कम्पनीका सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
यी दुई संचालकहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजिनामा दिएका हुन् । उनीहरुले दिएको राजिनामालाई कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।