IME Life New

सानिमा रिलायन्स लाइफद्धारा भूकम्प पीडितका लागि चार लाख बढीको राहत हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले माघ ३, बुधबारका दिन जाजरकोटका भूकम्प प्रभावितहरूका लागि चार लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका तर्फबाट क्षेत्रीय प्रबन्धक तथा कर्णाली प्रदेश प्रमुख दिपक कुमार वलीको उपस्थितिमा ३०० थान फाइबर सिरक राहत स्वरूप जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका हुन् ।

भूकम्प जस्तो जैविक प्रकोपबाट प्रभावित नागरिकको लागि मलम लगाउने कार्य कम्पनीले गरेको छ । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।

Esewa
Crest

साथै कार्तिक १७ गते, शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रिक्टर स्केल तीव्रताको भूकम्पमा परि जाजरकोट तथा रुकुम पश्चिममा ज्यान गुमाउनु भएका सबै प्रति सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS