IME Life New

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट दिने हिमालयन लाइफको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क (ब्याज÷जरिवाना)मा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो।

Esewa
Crest

साबिकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा आज माघ २ गतेदेखि माघ १५ गतेसम्ममा नवीकरण गर्दा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट दिने निर्णय कम्पनीले गरेको छ।

कम्पनीका अनुसार ३ वर्षसम्मको व्यतित बीमालेख नवीकरण गर्दा ब्याज र जरिवानामा १०० प्रतिशत, ३ वर्षमाथि ५ वर्षसम्मकोमा ५० प्रतिशत, ५ वर्षदेखि ७ वर्षसम्मकोमा ३५ प्रतिशत र ७ वर्षदेखि जतिसुकै अधिकोमा २५ प्रतिशत छुट पाइनेछ।

यस किसिमको व्यतित बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्रै प्रदान गरिने कम्पनीले जनाएको छ। व्यतित बीमालेखको नवीकरण तथा पुनर्जागरण बीमित आफूलाई पायक पर्ने कम्पनीको प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गरी गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

57%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS