IME Life New

प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारणसभाबाट १७% हकप्रद ल्याउने प्रस्ताव पारित, ६ सञ्चालक निर्विरोध चयन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित भएको छ।

काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आज सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो। पुँजी वृद्धिपश्चात सोहीअनुसारको चुक्तापुँजी कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ।

सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ। जसअनुसार संस्थापक समूहबाट ४ जना शिक्षा भट्टचन (प्रतिनिधि नेपाल इन्भेस्टमेन्ट प्रा.लि), सुशन शेरचन, सम्झाना अर्याल र वीरेन्द्र जंग पाण्डे(प्रतिनिधि ज्योति बिकास बैंक लि) तथा सर्वसाधारण समूहबाट २ जना ज्योति शेरचन (प्रतिनिधि नेपाल होल्डिङ) र शंकर गौतम (प्रतिनिधि लिबर्टी होल्डिङ) चयन भएका छन्।

सभाले साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरु र जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री राहात तथा दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

13%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS