IME Life New

नेपाल लाइफको एमडीआरटी’ अचिभर्स अवार्ड २०२४ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल पौष २३ गते हायत रिजेन्सी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेको थिए ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउदा मन हर्षित भएको बताए । “पराक्रमी गति, आक्रामक नीति ” भन्ने नाराका साथ कम्पनीले मनाई रहेको सार्क वर्ष २०८०/८१ को उदेश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्त चित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे ।

नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । बीमकको माग अनुरुप बजार सुहाउँदो बीमा योजनाहरु निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्ताहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरे । नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताए ।

वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्तालाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे । एमडिआरटी वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अवार्ड रहेको र यसबाट सम्मानित हुने सबैलाई बधाई तथा आगामी दिनको लागि शुभकामना ज्ञापन गरे । एमडिआरटीमा योग्य भएका अभिकर्ताहरुले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न आग्रह गरे । अभिकर्ताको प्रगति उन्नतिनै कम्पनी प्रगति हो भन्ने विचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

उनले मान्छेले जे परिकल्पना गर्छ त्यहि नै प्राप्त गर्ने हुँदा ठुलो उद्देश्य लिई अगाडी बढ्न आग्रह गरे । यस कम्पनीका बीमा अभिकर्ताहरु ठुलो रुखको मुनि रहनु भएका कारण बजारमा जान सजिलो रहेको र सोलाई बजारीकरण गर्दै बीमाको पहँुचलाइ आम नागरिक बीच पुर्याउन आग्रह गरे ।

२०२३ मा सिओटी हुन सफल हुनु भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा ऋइत् बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरे । यस कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंशा गर्नुभयो र आगामी दिनमा थप परिस्कृत बनाउन व्यवस्थापनलाई सुझाब दिए ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका नव निर्वाचित अध्यक्ष गणेश अधिकारीले सम्मानित हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पु¥याउन कुनै कसर बाँकि नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गरे । वर्ष सकिएको छोटो समयमा नै भव्य कार्यक्रम आयोजना गरेकोमा व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा समापन मन्तब्य व्यक्त गर्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा एमडिआरटीहरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आर्थिक मन्दीका बीच पनि अभिकर्ताहरुको अथक मेहनत, परिश्रमका कारण एमडिआरटीको संख्या गत वर्षको तुलनामा बढेको र यो संख्या अब ज्यमितिय गतिमा बढ्रनेमा आफु विस्वस्त रहेको बताए । कार्यक्रममा पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारको पूर्व सचिब कृष्णहरि बाँस्कोटाले प्रस्तुतीकरण दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS