IME Life New

रिलायबल नेपाल लाइफले पहिलोपटक घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलोपटक लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो।

कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा वार्षिक साधारणसभाको निर्णयपश्चात कार्यान्वयन हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%
happy

खुसी

7%
sad

दु :खी

2%
amazed

अचम्मित

7%
excited

उत्साहित

2%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS