IME Life New

हिमालयन लाइफद्वारा १४ लाख ५५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमबीच तिलोतमा २, रुपन्देही बस्ने बीमित स्व.मिलन थापाको हकवाला श्रीमती बुद्धिमाया थापालाई दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलालेले मृत्यु दाबी बापतको ३ शर्तका ३ वटा चेक मार्फत १४ लाख ५५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बीमित स्व.मिलन थापाले २०७७ सालमा हिमालयन लाइफ इन्स्योरेन्सको साबधिक जीवन बीमालेखको १ लाख र जीवन उपहार बीमालेखको ६ लाखको पोलिसी खरिद गरेका थिए । बीमा गरेको ३ बर्षमै निजको मृत्यु भए पछि बीमितको हकवालालाई सावधिक बीमाको बीमाङक रकम र बोनश बापत आउने रकम, जीवन उपहार बीमा र सहायक बीमालेखको बीमाङक साथै सो बापतको बोनश र बीमालेखको सर्तमा प्राप्त हुने एडिभी मार्फत प्राप्त हुने रकम समेत गरि कुल १४ लाख ५५ हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलाको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका भिमाद शाखा प्रमुख अभिषेक नेपाली, एमडिआरटी क्षेत्र बहादुर थापा, एजेन्सी म्यानेजर सोम प्रसाद श्रेष्ठ लगायतको टिमको उपस्थिति रहेको थियो।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलाले आजको दिनमा जीवन बिमा अनिवार्य रहेकोले सबै जनाले आफ्नो आर्थिक स्थित अनुसार केही रकम बीमाको लागि छुट्टाउनुपर्नेमा जोड दिए ।

मृतक बिमितको श्रीमती बुद्धिमाया थापाले जीवन बीमाको महत्व अति नै रहेको साथै दुखमा साथ दिने बीमा मात्र भएको भन्दै पुनः रु ५ लाखको जीवन उपहार बीमालेख खरिद गरेकी छिन् । सो बीमाङ्क बराबरको सहायक बीमालेख गरि निजले १० लाखको बीमा सोही अवसरमा गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS