Connect IPS
IME Life

प्रभु हेलिकप्टरले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर (आइपीओ) जारी गर्ने निर्णय गरेको छ । आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । २०८०, पौष ४ गते आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले रु ६ करोड ६० लाख शेयर पूँजी बराबरको १ सय रुपैयाँ अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

हाल यस कम्पनीले विश्वको प्रख्यात Airbus Company द्वारा निर्मित Airbus H125 र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी Robinson Helicopter Company द्वारा निर्मित Robinson R66  जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरु द्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ ।

कोभिड–१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तिब्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS