IME Life New

स्वास्थ्य बीमामा उपचार खर्चको १० प्रतिशत रकम बिरामीले नै व्यहोर्नुपर्ने प्रावधान लागू हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार सुविधा लिने बिरामीले अब देखि उपचार खर्चवापतको १० प्रतिशत रकम आफैंले व्यहोर्नुपर्ने प्रावधान लागू हुने भएको छ। स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको बीमा कार्यक्रममा अस्पतालले जथाभावी खर्च दाबी गर्न थालेकाले बिरामीको चासो बढाउन र राज्य कोषमाथिको खर्चको भार कटौती गर्नका लागि यस्तो उपाय अपनाउन थालिएको बोर्डका अधिकारीहरुले बताएका छन् ।

बोर्डका अनुसार स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयबाट स्वीकृती लिएर माघ १ गतेदेखि नै उपचार खर्चवापतको १० प्रतिशत रकम बिरामीबाट नै अस्पताललाई भुक्तानी गर्न लगाउने तयारी भइरहेको छ। बिरामीले पनि बिलको केही रकम अस्पताललाई भुक्तानी गर्नुपर्ने भएपछि आफूलाई उपचार गरिएका खर्चका बिलहरु जायज भए नभएको बारे बिरामीको पनि चासो बढ्नेछ,बोर्डका एकजना अधिकारीले भने, यसले अस्पतालको तर्फबाट भइरहेको अनियमितता नियन्त्रण गर्न र सरकारी कोषमाथिको दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं।

Esewa
Crest

बोर्डले बीमा कार्यक्रम अन्तर्गत आबद्ध सरकारी, निजी वा सामुदायीक सबै किसिमका स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गराउँदा बिरामीले १० प्रतिशत रकम योगदानवापत दिनुपर्ने प्रावधान लागू गरिने भएको हो ।

बोर्डले नियमितरुपमा लामो समयसम्म औषधी सेवन गर्नुपर्ने बिरामीको सुविधाका लागि तीन तीन महिनाको अवधिका लागि औषधी उपलब्ध गराउन आबद्ध स्वास्थ्य स‌ंस्थाहरूलाई पुष २ गते लिखित निर्देशन जारी गरिसकेको छ। साथै उही रोगको नियमित उपचारका लागि पटक पटक स्वास्थ्य स‌ंस्था धाउनुपर्ने बिरामीको हकमा समेत एक पटक मात्र प्रेषण पूर्जी जारी गर्न बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS