काठमाडौं । सचिवहरुको बैठकले सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्की नेतृत्वमा बसेको सचिवहरुको बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो।बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाहरुलाई पुनरावलोकन गर्न आवश्यक देखिएको बैठकको निष्कर्ष रहेको छ।
त्यसैले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने गरी सार्वजनिब बिदा पुनरावलोकन कार्यदल गठन गर्ने निर्णय सचिवहरुको बैठकले गरेको छ।
उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्नेछ।












