IME Life New

वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याउन ढिलाइ, के भन्छ प्राधिकरण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत वर्षदेखि सुरु गरेको वार्षिक ‘बीमा नीति तथा कार्यक्रम’ सार्वजनिक गर्ने अभ्यासमा चालु आर्थिक वर्ष २०८३।८४ मा भने ढिलाइ गरेको छ। प्राधिकरणको ५७ वर्षे इतिहासमा पहिलोपटक गत आर्थिक वर्ष २०८२।८३ मा तत्कालीन अध्यक्ष शरद ओझाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

प्राधिकरणले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन भने ढिलाइ गरेको हो। गत आर्थिक वर्षको नीति तथा कार्यक्रम असारको अन्तिम साताभित्र प्राधिकरणले ल्याएको थियो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम भने साउन लागिसक्दा पनि प्राधिकरणले ल्याएको छैन।

Esewa
Crest

नीति तथा कार्यक्रमले प्राधिकरणका लागि मार्गदर्शनको काम गर्छ। बीमकका लागि प्राधिकरणको उद्देश्य र लक्ष्य सुहाउँदो बीमा योजना, सेवा तथा अन्य गतिविधि गर्न मार्गदर्शन प्राप्त हुन्छ। सरोकारवालाले प्राधिकरणले के काम गर्नेछ र घोषणा गरिएका प्रतिबद्धताहरुको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने जाँच्नका लागि पनि नीति तथा कार्यक्रमले मानकको काम गर्छ।

बीमा प्राधिकरणकी निर्देशक एवं प्रवक्ता पुजन ढुंगेल अधिकारीले वार्षिक बीमा नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताइन्। ‘बीमा नीति ल्याउन ढिलो भइसकेको छैन’, उनले भनिन्, ‘बीमा नीति तयार गर्ने काम भइरहेको छ। १–२ दिनमै सार्वजनिक हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS