IME Life New

गत आवमा तय गरिएका धेरैजसो कार्यनीति कार्यान्वयन गर्न प्राधिकरण असफल (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक बीमा नीति तथा कार्यक्रममा समेटिएका अधिकांश कार्यनीति कार्यान्वयन नसकेको देखिएको छ।

प्राधिकरणले गत आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तीय बनाउने र बीमितको हकहित संरक्षणका लागि ४ कार्यनीति तय गरेको थियो। तर, तीमध्ये प्रचलनमा रहेका बीमालेखको सर्त, सुविधा तथा अपवादहरुको सही जानकारी दिने प्रणालीको विकास गर्ने र बीमित हित संरक्षणका लागि कानुनी व्यवस्था गर्ने दुईवटा कार्यनीति कार्यान्वयन गर्न प्राधिकरण असफल देखिएको छ।

Esewa
Crest

डिजिटल भुक्तानी तथा वैकल्पिक वितरण प्रणालीमार्फत बीमा सेवालाई सर्वसुलभ बनाउने कार्यनीति पनि आंशिक प्रगति भएको प्राधिकरणले जनाएको छ। अर्को बीमा क्षेत्रमा पारदर्शिता अभिवृद्धिका लागि बीमकहरुमा पारदर्शिता ड्यासबोर्ड प्रणाली लागू गर्ने कार्यनीति थियो। यसका लागि प्राधिकरणले पछिल्लोपटक ६० दिनभित्र पारदर्शिता ड्यसबोर्ड प्रणाली लागू गर्न निर्देशन दिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेन।

यसैगरी बीमा क्षेत्रको पहुँच बढाउनका लागि बीमा सचेतना, अभिवृद्धि तथा बीमा प्रवर्द्धनात्मक कार्य गर्नेसम्बन्धी ५ वटा कार्यनीतिमध्ये अधिकांश कार्यान्वयन भएका छैनन्। विद्यालयस्तरको पाठ्यपुस्तकमा समावेश भई लागू हुने प्रक्रियामा रहेको र सचेतना अभिवृद्धिका लागि अध्ययन र अनुसन्धान नभएको प्राधिकरणले जनाएको छ।

त्यस्तै प्राधिकरणको कानुनी संरचना र बीमासम्बन्धी विवाद निरुपणको प्रक्रियालाई प्रभावकारी बनाउन लिइएका ४ वटा कार्यनीतिमध्ये गुनासो तथा उजुरी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गर्ने कार्यनीति कार्यान्वयन भएन। बाँकी ३ वटा कार्यनीति आंशिक रुपमा कार्यान्वयन भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तय गरेको कार्यनीतिको कार्यान्वयन अवस्था

review

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS