IME Life New

आन्तरिक नियन्त्रण प्रणाली तयारः बीमा र धितोपत्र सम्बन्धी नीतिगत र कानुनी नियमन गर्दै सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बीमा, धितोपत्र र कमोडिटी बजारसम्बन्धी नीतिगत र कानुनी नियमन गर्ने भएको छ।

अर्थ मन्त्रालयले आन्तरिक नियन्त्रण प्रणाली–२०८३ तयार गरी बीमा, धितोपत्र र कमोडिटी बजारसम्बन्धी नीतिगत र कानुनी नियमन गर्ने भएको हो। यो प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र र कमोडिटी बजारसम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्धारण गरिने पनि मन्त्रालयले जनाएको छ।

Esewa
Crest

यसैगरी केन्द्रीय बैंकको सञ्चालन, मौद्रिक नीतिसँगको समन्वय र बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनको नियमन पनि मन्त्रालयले यही प्रणालीमार्फत गर्ने भएको छ।

सरकारी स्वामित्वका संस्थानहरुको नियमन, नियन्त्रण र नीति तथा मापदण्ड तर्जुमा गर्ने र सरकारी लगानी व्यवस्थापनसम्बन्धी कार्य गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सरकारी लगानी, शेयर, ऋण र लाभांशको लेखा व्यवस्थापन एवं कर्मचारी अवकाश कोषहरुको सञ्चालन गरिनेछ।

सार्वजनिक पदाधिकारीहरुको सेवा–सुविधासम्बन्धी राष्ट्रिय नीति र मापदण्ड निर्धारण गरिने पनि मन्त्रालयले जनाएको छ।

यस प्रणालीका मुख्य उद्देश्य

  • देशको आर्थिक विकास, समष्टिगत आर्थिक स्थायित्व, मूल्य स्थिरता र आर्थिक सुशासन कायम गर्ने गराउने,
  • आन्तरिक तथा बाह्य स्रोत परिचालन गर्दै राष्ट्रिय आर्थिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने,
  • संघीय सञ्चित कोष तथा अन्य सरकारी कोषको सञ्चालन व्यवस्थापन र प्रतिवेदन गर्ने,
  • राजस्व प्रशासन, आर्थिक प्रशासन, दायित्व निर्धारण र वित्तीय संघीयताको कार्यान्वयन गर्ने,
  • लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक संस्थान व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, पुँजीबजार, बीमासम्बन्धी नियामकीय कार्य गर्ने गराउने,
  • कानुनको प्रभावकारी कार्यान्वयनमार्फत सुशासन अभिवृद्धि गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS