IME Life New

पुँजीबजारलाई व्यवस्थित बनाउन काम भइरहेको छः प्रधानमन्त्री, समस्या समाधान गर्न तुरुन्तै कार्य अगाडि बढाउने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजीबजारलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट काम भइरहेको बताएका छन्।

सिंहदरबारमा सोमबार पुँजीबजार तथा धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्। उनले पुँजीबजारमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

Esewa
Crest

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार समितिका सभापति एवं ब्रोकर सञ्चालक प्रियराज रेग्मीले पुँजीबजारमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री शाह प्रतिबद्ध देखिएको बताए। ‘धितोपत्र व्यवसायीदेखि लगानीकर्ताका जायज माग कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, रेग्मीले भने, ‘समस्या समाधानका लागि नयाँ समिति बनाइरहनुभन्दा पनि सम्बन्धित निकायहरुले नै तुरुन्त काम अगाडि बढाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ।’

छलफलका क्रममा सहभागीहरुले बजार सन्तुलित बनाउन, पुँजीगत लाभकरको दरका विषयमा देखिएका अस्पष्टता हटाउन र घाटा समायोजन गरेरमात्र कर लिने व्यवस्था मिलाउन, लगानीकर्ताको मनोबल उकास्न मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियम बनाइदिन प्रधानमन्त्री शाहसँग माग गरेका थिए।

यसैगरी सहभागीहरुले आइपीओमा १० कित्ते नीतिको पुनरावलोकन गर्नुपर्ने, बुक बिल्डिङ विधिबाट आइपीआ ल्याउने व्यवस्थामा समसामयिक संशोधन गर्नुपर्ने, गैरआवासीय नेपाललाई सहज ढंगले पुँजीबजारमा भित्र्याउने अवस्था सिर्जना गर्नुपर्ने तथा नियामक निकायहरु सेबोन, नेप्से र सीडीएससीको पुनर्संरचन गरी प्रविधियुक्त बनाउनुपर्ने र दक्ष जनशक्ति भित्र्याउने वातावरण बनाउनुपर्ने सुझाव पनि दिए।

छलफलमा सेबोन, नेप्से र स्टक ब्रोकर एसोसिएसन अफ नेपाललगायतका निकायका पदाधिकारीको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS