IME Life New

एलआइसी नेपालले ल्यायो “बाल उन्नति जीवन बीमा योजना”,प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले बाल उन्नति जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने, रू ६० प्रतिहजार सुनिश्चित थप भएको बीमा योजना सार्वजनिक गरेको हो ।

यस बीमा योजना एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका वर्तमान निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक ए दत्ता, सुचना प्रविधि प्रमूख रोहित बुदियाल, कम्पनी सचिव सुदर्शन गिरी, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय, अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरुले आज संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

Esewa
Crest

यस बीमा योजनामा कथमकदाचित प्रस्तावकको मृत्यु भएमा दुर्घटना लाभ तथा स्थायी अशक्तता लाभ प्रदान गर्दै थप बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गरिनुका साथै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने विशेषता रहेको छ ।

उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यस बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पारे । यस योजना बालबालिका तथा अभिभावक दुवैको लागि फाइदाजनक रहेको रहेको समेत उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS