IME Life New

दिदीले बहिनीको बिबाहमा दिइन् हिमालयन लाइफको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाका एजेन्सी मेनेजर फुरुमाया तामाङले आफ्नो बहिनी मनिका तामाङको शुभ बिबाहमा हिमालयन लाइफको ५ लाख बीमाङ्को जीबन बीमा उपहार प्रदान गरेकी छिन् । विराटनगर शाखाबाट बिगत ३ वर्ष देखी नेपाल प्रथम हुदै आएकी एमडिआरटी फुरुमाया तामाङलाइ उत्कृष्ट उपहार जीबन रहदा र जीबन पछि समेत जीबन बीमा भन्दा उत्कृष्ट अन्य नहुने भन्दै विराटनगर शाखाबाट तालिमको बेला पाएको ज्ञानले मनमा छोएको भन्दै अब देखी हरेक आफन्तको बिहे, बटुलोमा जीबन बीमा दिने सोचमा रहेको एजेन्सी म्यानेजर फुरुमाया तामाङले जानकारी दिइन ।

नेपालमा जीबन बीमा उपहार दिने प्रचलन नव सोच र दुर्गामी सम्पत्ति स्वरुप उपहार भएको हुदा , हामी सम्पुर्ण नेपालीहरुमा गच्छे अनुसार बहुमुल्य गरगहना वस्तु दिदा ठुलो उपहार भन्ने प्रचलन छ तर थोरै पैसामा समेत सर्वोत्कृष्ट उपहार स्वरुप जीबन बीमा दिन सकिने भएकोले यो सोचको बिकास हाम्रो समाजले गहन चिन्तन गरि थालनी गर्नुपर्ने विराटनगर शाखाको शाखा प्रमुख सन्तोष आचार्यले‌ जानकारी दिए ।

Esewa
Crest

उक्त अबसरमा हिमालयन लाइफ इन्स्योरेन्स कोशी प्रदेशको उपप्रदेश प्रमुख सुरेन्द्र लाल कर्ण , शाखा प्रमुख सन्तोष आचार्य र एजेन्सी मेनेजर ज्युहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS