IME Life New

थापाको परिवारलाई सन नेपाल लाइफले दियो मृत्यु दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ।कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएका बागलुङका जीवन थापाको परिवारलाई बीमा गरे वापतको १२ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बागलुङ जिल्ला बरेङ गाउँपालिका ०१, बरेङ स्थायी घर भई रोजगारीको लागि साउदी अरब गएका जीवन थापा को ०८० श्रावण २ गते रोजगारकै सिलिसलामा मृत्यु भएको थियो ।

Esewa
Crest

वैदेशिक रोजगारीमा जानुअघि जीवन थापाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत बीमा गराएका थिए । वैदेशिक रोजगारीमा गएको एक दशक पछि उनको दुःखद मृत्यु भएपछि कम्पनीले उनको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तरगत उनका परिवारले सो रकम बुझेका हुन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स बागलुङ उपशाखाका प्रमुख अनुप सुवेदीले मृतक जीवन थापा को श्रीमति मनरुपा थापा लाई १२ लाखको चेक हस्तान्तरण गरका हुन् ।बीमा रकम बुझेपछि बीमाको आवश्यकता र महत्व राम्रोसँग बोध भएको प्रतिकृया दिँदै नेपालि ले सो रकम पाएपछि बीमा कम्पनीप्रति आभार व्यक्त गरिन् ।

साथै, उनले सो रकमले आर्थिक भार थेग्न सहयोग पुग्ने बताउदै भुक्तानी स्वरुप पायको केही रकम पुन आफ्नो सन्तान का नाममा बीमा समेत कम्पनीमा गराएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

83%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS