IME Life New

संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्दै सानिमा रिलायन्स लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहेन शेयरधनीलाई निवेदन दिन आग्रह गरेको हो। यसका लागि कम्पनीले ७ दिनभित्र काठमाडौंको नयाँबानेश्वरस्थित कम्पनीको प्रधान कार्यालय वा काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

यदि तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीबाट कुनै निवेदन नपरेको खण्डमा संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न सहमति भएको मानिने कम्पनीले स्पष्ट पारेको छ।

हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिकामा संस्थापक शेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत हुने गरी बाँकी शेयर सर्वसाधारणमा परिणत गर्न सक्ने व्यवस्था रहेको छ। सोहीबमोजिम कम्पनीले १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई गत वर्ष फागुन १२ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट समेत अनुमोदन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS