IME Life New

हिमालयन लाइफले बाजुराको बिकट गाउँमा बाँड्यो न्यानो कपडा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले २०० परिवारलाई न्यानो कपडा (ज्याकेट) बितरण गरेको छ । कम्पनीले सस्थागत सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत मंसिर २२ गते डडेलधुराको अमरगडी नगरपालिकाको नगर प्रमुख दिल्ली राज जोशीको प्रमुख आथित्यता र २३ गते बाजुरा जिल्लाको बडिमालिका राजथल वार्ड न ७ विकट गाउँमा बाजुरा लिल्लाको प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल जिल्ला प्रहरी प्रमुख कबिन्दमान बोहोरा र स्थानिय वार्ड प्रतिनिधि डबल बिकको उपस्थितिमा कम्पनीको जोनल हेड नवीन थापा ,मेयर र सिडिओ मार्फत १०० थानका दरले दुई ठाउँमा न्यानो कपडा वितरण गरेको हो ।

न्यानो कपडा बितरण कार्यक्रममा बोल्दै नगर प्रमुखले भने, यो परोपकारी कार्यक्रम ले निकै सकारात्मक सन्देश र लक्षित समुदायलाई राहत प्राप्त भएको छ । त्यस्ता कार्यक्रमले स्थानीय सरकार र सरोकारवालालाई अझ जिम्मेवार बन्न प्रेरणा दिएको छ ।

Esewa
Crest

विभिन्न संघ सस्थाले मानव कल्याण र सामाजिक उत्तरदायीत्वईत्व कार्यक्रम अन्तर्गत गर्नुपर्ने यस्ता कार्यक्रम प्रचार मुखी,बजारमुखि र सन्देशमुखी मात्रै हुने गरेको मा यस पटक हिमालयन लाईफ ले बाजुरा जिल्लको बिकट बस्तीमा आफै पुगेर बस्तबिक लक्षित परिवार लाई न्यानो कपडा उपलब्ध गराएकोमा बाजुरा जिल्ला का प्रमुख जिल्ला अधिकारीले धन्यवाद दिदै कार्यक्रम निकै प्रभावकारी भएको बताए ।

यस कम्पनीले जस्तै, अरुले पनि यस्तो कार्यको सिको गर्नुपर्ने र बिपन्न समुदाय केन्द्रित कार्यक्रम गर्नुपर्ने सुझाव दिए। कार्यक्रम मा वार्ड न ७ का निमित्त वार्ड अध्यक्ष डबल बिक ,महिला सदस्य पारबती जोशी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS