IME Life New

तुलसीले वैवाहिक वर्षगाँठको अवसरमा छोरा, छोरी र श्रीमानलाई दिइन् बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने चलन चल्दै हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

आफ्नो श्रीमान तथा छोरा छोरीको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक वर्षगाँठको अवसरमा बर्दघाट ४ निबासी तुलसी पंगेनीले जीवनसाथी सरोज न्यौपाने तथा छोरा सुरक्षित न्यौपाने र छोरी सुरक्षा न्यौपानेलाई सिटिजन सुभारम्भ जीवन बीमा उपहार प्रदान गरेकी हुन् ।।

Crest

जीवनमा आर्थिक समस्याको समाधान गर्न र अनिवार्य बचत हुने भएकोले जीवन बीमा उपहार दिइएको पंगेनीले बताईन् । उनले भनिन्, ‘परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर वैवाहिक वर्षगाँठको अवसरमा बीमा पोलिसी उपहार दिएकी हुँ ।’ पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक वर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएसँगै आफूले पनि सो उपहार दिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS