IME Life New

व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १००%सम्म छुट दिँदै हिमालयन लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशतसम्म छुट दिने सुविधा ल्याएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै साबिकका प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका बीमालेखहरुमा विलम्ब शुल्क (ब्याज र जरिवाना)मा सतप्रतिशतसम्म छुट दिने सुविधा ल्याएको हो। कम्पनीका अनुसार बीमालेख व्यतीत अवधि ३ वर्षसम्मका लागि ब्याज तथा जरिवानामा सतप्रतिशत छुट दिई नवीकरण गरिनेछ।

Esewa
Crest

यसैगरी ३ वर्षदेखि ७ वर्षसम्म बीमालेख व्यतीत भएकालाई ५० प्रतिशत र र ७ वर्षदेखि जतिसुकै अवधिको बीमालेख व्यतीत भएकालाई २५ प्रतिशत छुट दिई नवीकरण गरिने कम्पनीले जनाएको छ।

व्यतीत बीमालेख आज मंसिर १० गतेदेखि मंसिर २५ गतेसम्म नवीकरण गर्नेहरुले यो छुट सुविधा पाउनेछन्। यस किसिमको व्यतीत बीमालेख नवीकरण पुनर्जागरण गर्दा दिइएको यो छुट सुविधा बीमा अवधिभर एकपटकमात्र प्रदान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS