IME Life
GBIME

एशियन लाइफको प्रिमियम इसेवा मार्फत भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एशियन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अनुसार एशियन लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार रुपैपाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना कातिएक ३० गतेसम्म लागु हुनेछ । बीमाशुल्क किस्ता रकम भुक्तानी गर्नुपर्ने मिति भइसकेको बीमाशुल्क ईसेवा एप्स वा वेबसाइटमा अनलाइनमार्फत् भुक्तानी गर्दा यो छुट प्राप्त गर्न सकिनेछ ।

Crest

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS