IME Life New

डिसेम्बर ७ देखि मुम्बईमा प्लाष्टिकजन्य वस्तुको वृहत प्रदर्शनी, नेपालको पनि सहभागिता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको मुम्बईमा प्लाष्टिक जन्य वस्तुको वृहत प्रदर्शनी हुने भएको छ । बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी र सम्मेलन आउँदो डिसेम्बर ७ देखि ११ गतेसम्म मुम्बइमा हुन लागेको द अल इण्डिया प्लाष्टिक म्यानुफ्याक्चर एसोशिएसनका अध्यक्ष मनिष देढियाले बताए ।

नेपालका प्लाष्टिक उत्पादक उद्योगी तथा व्यवसायीहरुलाई प्रदर्शनी एवं सम्मेलनका विषयमा जानकारी गराउने उद्धेश्यले काठमाडौमा आयोजीत कार्यक्रममा अध्यक्ष मनिष देढियाले प्लाष्टिकको उत्पादन, त्यसको प्रयोग र प्लाष्टिक जन्य वस्तुहरुको उपभोगमा देखिएका समस्या र चुनौतीसँगै यसले अर्थतन्त्र र रोजगारीमा पुर्याएको योगदानका विषयमा चर्चा गरे ।

Esewa
Crest

मुम्बईमा हुने प्लाष्ट भिजन २०२३ मा ३० मुलुकका १५ सयभन्दा बढी स्टल रहने जनाइएको छ । यस्तै, २ लाख ५० हजार व्यवसायीले मेला अवलोकन गर्ने अपेक्षा लिइएको अध्यक्ष देढियाले जानकारी दिए । यस प्रदर्शनीले मुलुकको आन्तरीक एवं बाह्यि मुलुकहरुसँगको व्यवसायीक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिएको बताउँदै देढियाले सम्मेलनमा नेपालको तर्फबाट राम्रो सहभागीताको अपेक्षा रहेको जनाए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले यस प्रकारका मेला तथा सम्मेलनले दुई देशीय व्यापार आदानप्रदान गर्नुका साथै व्यवसायीहरुबीच सुमधुर सम्बन्ध स्थापित गराउने बताए । उनले मुम्बईमा हुन गइरहेको प्रदर्शनीमा नेपाली उद्योगी व्यवसायीहरुको उल्लेखनीय सहभागीता रहने जनाए ।

मल्लले प्लाष्टिक आज मानव जीवनमा अपरिहार्य वस्तुको रुपमा स्थापित भइसकेकाले वेष्टेज प्लाष्टिकलाई रिसाइकल गरी मोहोरमा परिणत गर्न र वातावरणमा पनि स्वच्छता कायम राख्न आफूहरुले सदैव प्रयास गर्ने बताए । उनले प्लाष्टिकबाट उद्यमसिलता विकास गर्न नेपालका प्लाष्टिक उद्यमी र द अल इण्डिया प्लाष्टिक उत्पादक संघका पदाधिकारीलाई आग्रह गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं प्लाष्ट नेपालका अध्यक्ष दिपक श्रेष्ठले मुम्बइमा हुन गइराखेको यस अन्तर्राष्ट्रिय मेलाका सन्दर्भमा प्लाष्ट नेपालसँग आबद्ध उद्योगी व्यवसायीलाई संयुक्त रुपमा जानकारी गराउन पाउदा आफू खुसी रहेको बताए । उनले प्लाष्टिक उत्पादनका क्षेत्रमा थुप्रै समस्या र चुनौती रहेकाले यस क्षेत्रको विकास र विस्तारमा कसरी लाग्ने भन्ने विषयनै अहिले चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS